काठमाडौं, २९ मंसिर । हाल कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।