यसकारण राष्ट्रपतिसँग सभामुख रुष्ट,अब के होला ? | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

यसकारण राष्ट्रपतिसँग सभामुख रुष्ट,अब के होला ?

काठमाडौं,२९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले संघीय संसदका महासचिवको नियुक्तिको विषयमा असन्तृष्टि जनाएका छन् । राष्ट्रपति पौडेलले संघीय संसदका महासचिवको नयाँ नियुक्ति प्रक्रिया अघि नबढाएपछि घिमिरे रुष्ट भएका हुन् ।

महासचिव भरतराज गौतमले मंसिर २४ गते पदबाट राजीनामा दिएसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग परामर्श गरेर घिमिरेले प्रतिनिधि सभा सचिव पद्यमप्रसाद पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए । सभामुख घिमिरे र तिमिल्सिना आफै उपस्थित भएर राष्ट्रपति पौडेललाई सिफारिस पत्र समेत हस्तान्तरण गरेका थिए । तर राष्ट्रपति कार्यालयले भने अध्ययनका क्रममा रहेको भन्दै नियुक्ति गरेको छैन् ।

घिमिरेले राष्ट्रपतिलाई संवैधानिक व्यवस्थाअनुसार सिफारिस रोक्ने कुनै अधिकार नभएको जिकिर गरेका छन् । सिफारिस कार्यान्वयनको पुनर्विचार गर्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको तर्क छ । कानुनी व्यवस्थाअनुसार स्वतः पद रिक्त हुने अवस्था रहेको र राजीनामाको बोधार्थ गौतमले आफूलाई लिखित रुपमै लिएको उनको दाबी छ । सिंहदरबारमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सचिवबाट राजीनामा दिएर मात्र महासचिव सिफारिस हुनुुपर्ने भन्ने तर्कको कुनै संवैधानिक, कानुनी र अभ्यासगत आधारसमेत नभएको बताए ।

कार्यकाल सकिन ३ महिना अझै बाँकी रहेको राष्ट्रिय सभा अध्यक्षले कुनै पनि काम गर्न नमिल्ने जसरी बहस भइरहेको भन्दै उनले आपत्ति जनाए । तिमिल्सिनाको कार्यकाल फागुन २० गते सकिदैंछ । यो विषयमा सभामुख घिमिरेले कानुन व्यवसायी र सरोकारवालासँग संवाद गरिरहेका छन् । उनी राष्ट्रपति पौडेलमाथि थप दबाब बढाउने रणनीतिमा छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);