कर्मचारी र जनप्रतिनिधिले अधिकृतलाई हाजिर हुनबाट रोक्न खोज्दा... | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

कर्मचारी र जनप्रतिनिधिले अधिकृतलाई हाजिर हुनबाट रोक्न खोज्दा…

काठमाडौं, २८ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराउने विषयमा भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ ।

गोली लागेर सिम्रौनगढ–१ का २५ वर्षीय लक्ष्मी मुखियाको विनको ज्यान गएको बारा प्रहरीले जनाएको छ । झडपमा प्रहरीसहित अन्य केही व्यक्ति घाइते भएको बताइएको छ । कर्मचारी र जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतलाई सिम्रौनगढ नगरपालिकाको कार्यकक्षमा हाजिर हुनबाट रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको हो । तलबको माग गर्दै दुई महिनादेखि आन्दोलन गर्दै आएका शिक्षक तथा कर्मचारी र जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई कार्यालयमा हाजिर हुन जाने क्रममा रोक्न खोज्दा झडपको स्थिति आएको प्रहरीले बताएको छ ।

कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत मिश्र सवार बा २ झ ४३५४ नम्बरको गाडी र नगरपालिकाको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको थियो । झडप ३० राउण्ड अश्रु ग्यास र २० राउण्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);