काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको सुनिल शर्माको आरोप | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको सुनिल शर्माको आरोप

काठमाडौं,२८ मंसिर । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताउनु भयो । उहाँले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताउनु भयो । उहाँले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरुलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरुलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरुलाई र टिकट लिएर हारेकाहरुलाई अवसर दिनु हुँदैन । हाम्रो गुट भित्र पनि समस्या भयो । शेखर दाई र गगन दाईको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ ।’

सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);