राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई अवसर दिनुपर्छः काँग्रेस महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई अवसर दिनुपर्छः काँग्रेस महामन्त्री थापा

काठमाडौं, २७ मंसिर ||
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताउनु भयो । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाई थियो । त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताउनु भयो । उहाँले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दबाब दिन नेताहरुले जोड दिएको बताउनु भयो । महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दबाब नै दिनुपर्ने अवस्था आएको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);