ढुङगा प्रहार गरेर बुवाको हत्या,आफ्नै छोरा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

ढुङगा प्रहार गरेर बुवाको हत्या,आफ्नै छोरा पक्राउ

murder

चितवन,२७ मंसिर । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);