एनएसएलमा पहिलो जित निकाल्दै झापाको प्लेअफको सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १७ २०८१, शनिबार

एनएसएलमा पहिलो जित निकाल्दै झापाको प्लेअफको सम्भावना कायमै

काठमाडौं,२७ मंसिर । झापा एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।

झापाले मंगलवार दशरथ रंगशालामा बुटवल लुम्बिनीमाथि १–० को साँघुरो जित निकाल्दै प्लेअफको सम्भावना जीवितै राखेको हो । दोस्रो सिजनबाट एनएसएलमा डेब्यु गरेको झापाले पाँचौं खेलमा पहिलो जित निकाल्यो । एक जित र तीन बराबरीबाट ६ अंक बटुल्दै झापा छैटौं स्थानमा छ । यता, बुटवल भने दुई जित, एक बराबरी र तेस्रो हारसँगै सात अंकका साथ पाँचौं स्थानमा छ । त्यसअघि खेलको पहिलो आक्रमण आठौं मिनेटमा झापा एफसीले ग¥यो ।

होर्गे सान्चेजले पेनाल्टी क्षेत्रबाट गरेको सट बुटवलका गोलकिपर मोहमोडुले रोके । लगत्तै काउन्टर अट्याकमा बुटवलका स्टेफन बिनोङको सट माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । बुटवलले १३औं मिनेटमा गरेको आक्रमण दोस्रो बारमा ठोक्किएर फर्किन पुग्यो । बिनोङको पासमा सर्ज सङको पहिलो सट ठोकिएर फर्कियो । सोही बल नियन्त्रणमा लिँदै सङले गरेको अर्को सट भने झापाका गोलकिपर स्टेफन सुपिचले रोके । २०औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट झापाका कप्तान अन्जन विष्टको सशक्त प्रहार बुटवलका गोलकिपर मोहमोडुले उत्कृष्ट बचाउ गरे ।

सोही रिबाउन्डमा बलमा लक्ष्मण रुचाल वान भर्सेस वानमा गोल गर्न चुके । ३९ औ मिनेटमा सान्चेजको गोलाट झापाले अग्रता लियो । अञ्जन बिष्टको पास नियन्त्रणमा लिएका सान्चेज पेनाल्टी क्षेत्रमा दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरे । त्यससँगै पहिलो हाफमा झापा १–० ले अगाडि रह्यो । ६१औं मिनेटमा कप्तान अन्जनले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।

आभास लामिछानेको लामो पास नियन्त्रणमा लिएको अञ्जन करिव १५ यार्डबाट गोल गर्न असफल रहे । झापाका लागि ७६ औं मिनेटमा प्रदीप लामाले अवसर खेर फाले । कप्तान अञ्जनले दिएको उत्कृष्ट पास पेनाल्टी क्षेत्रमा रहेका प्रदीपले सट प्रहार गर्न सकेनन् । ८०औं मिनेटमा कप्तान अन्जनको स्थानमा उज्वल राई मैदानमा प्रवेश गरे । ८३ औं मिनेटमा झापाको गोल गर्ने दुई अवसर सफल हुन सकेन । सान्चेजले लेफ्ट साइडबाट गरेको पहिलो प्रहार बुटवलका गोलकिपर मोहमोडुको हातमा टच हुँदै माथिल्लो बारमा लागेर फर्कियो ।

लगत्तै रिबाउन्ड बलमा समिराज थोकरको हेडमा मोहमोडुले रोके । ८९ औं मिनेटमा बिनोङले बुटवलको खेलमा फर्कने अवसर खेर फाले । अशोक झापाको फ्रिकिकमा अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रमा छिरेका बिनोङ वान टच गोल गर्न चुके । इन्जरी समयको पहिलो मिनेटमा प्रदीप लामाले पेनाल्टी बक्सबाट गोल गर्न सकेनन् । त्यससँगै बाँकी समयमा केही आक्रमण भएपनि थप गोल हुन सकेन र झापाले बुटवलमाथि साँघुरो जित निकाल्यो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);