निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थानीले अब के गर्लान् ! | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थानीले अब के गर्लान् !

काठमाडौं, २७ मंसिर । नेपाल आयल निगमको आकर्षक पद कार्यकारी निर्देशकबाट उमेश थानीले राजीनामा दिएका छन् । यो पदका लागि मरिहत्ते गर्नेहरु संख्या धेरै छ यद्यपी थानीले एक्कासी राजीनामा दिएपछि भने तरगं नै उत्पन्न भएको छ । थानीले मंगलबार राजीनामा दिएका हुन् ।

थानीको कार्यकाल अझै १५ महिना बाँकी थियो । अरबौंको ऋण बोकेको निगमको तिर्नुपर्ने रकम सबै तिरेर नाफामा लगेपछि उनले राजीनामा बुझाएका हुन् । तेलको मूल्य घटाएर लोकप्रीय भएकै अवस्थामा उनले राजीनामा दिनुलाई निकै महत्वका साथ हेरिएको छ ।

थानीको परिवार काँग्रेस राजनीतिमा सक्रिय छ । इञ्जिनियर पृष्ठभूमिबाट आएका थानी सक्रिय राजनीतिमा जान लागेको निकटस्थ स्रोतले बताएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);