सार्वजनिक सेवा प्रशारण विधेयक छलफल नै नगरी संसदमा पेस भयोः अध्यक्ष हुमागाईं | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सार्वजनिक सेवा प्रशारण विधेयक छलफल नै नगरी संसदमा पेस भयोः अध्यक्ष हुमागाईं

काठमाडौं, मंसिर २६ ||
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सार्वजनिक सेवा प्रशारण विधेयक छलफल नै नगरी संसदमा पेस गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सार्वजनिक सेवा प्रशारण विधेयक सरोकारवालाहरुसँग छलफल नै नगरी संसदमा पेस गरिएकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले सो विधेयक बिना संशोधन पारित भए अहिलेको भन्दा कमजोर संरचना बन्ने बताउनु भयो । उहाँले विधेयकमा सञ्चारमन्त्रीको अध्यक्षतामा कार्यकारी परिषद् र कार्यकारी प्रमुख मन्त्रीपरिषद्को बैठकबाट नियुक्ति गर्नेकुरा उल्लेख गरिएको तर त्यो राम्रो नभएको बताउनु भयो । उहाँले कानूनी स्वायत्तता प्रदान गर्न नसकेसम्म परिषद् राम्रोसँग सञ्चालन नहुने बताउनु भयो । उहाँले परिषदको अध्यक्ष प्रतिनिधि सभाको प्रमुख (सभामुख) हुने र सञ्चारमन्त्री, सञ्चार हेर्ने संसदीय समितिको सभापति र राष्ट्रिय सभाको उपाध्यक्षसहितको कार्यकारी परिषद्को गठन हुनुपर्ने बताउनु भयो । अध्यक्ष हुमागाईंले जनताको सूचना पाउने हकको रक्षा गर्ने व्यवस्था कुनैपनि कानूनले नगरेको जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);