दार्चुलाको खलंगा नाका भएर दैनिक सयौं नेपाली कामदारहरु भारत जांदै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

दार्चुलाको खलंगा नाका भएर दैनिक सयौं नेपाली कामदारहरु भारत जांदै

वासुदेव बडु ||
दार्चुला, मंसिर २१ ||
दार्चुलाको खलंगा नाका भएर दैनिक सयौंको संख्यामा नेपाली कामदारहरु भारत गइरहेका छन । दशैँ, तिहार, छठ जस्ता पर्वहरु र खेतीपातीको काम सकेर रोजगारीको खोजीमा नेपालीहरु भारत जान थालेका हुन् । पश्चिम नेपालको बाँके, बर्दिया, सुर्खेत, कैलाली र सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ र बाजुराका कामदारहरु पेटी ठेकेदारको मातहत भारतको पिथौरगरड, चम्पावत, अल्मोडा लगायतका ठाउँहरुमा पुर्वधार निर्माणको काम गर्न नेपाली कामदारहरु भारत जने गरेका छन् । हिउँदका मङ्सिर, पुस, माघ, फागुन महिना भारतमा काम गरि पारिवारिक खर्च तथा जिविका चलाउने गरेका छन । नेपालमा बढीरहेको बेरोजगारको कारण दैनिक सयौंको संख्यामा नेपाली कामदारहरु भारत जाने गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);