खानेपानी आयोगको अध्यक्षमा गौतम नियुक्त,यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

खानेपानी आयोगको अध्यक्षमा गौतम नियुक्त,यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं,२१ मंसिर । सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यसैगरी सदस्य पदमा यशोदा कार्की र कुलभुुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । विश्वबैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणको लागि प्राप्त हुन सहायतासम्बन्धि वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने समेत निर्णय गरेको छ ।

त्यसैगरी, सरकारले दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद विक्रिका सम्बन्धमा अध्ययन तथा तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी पूर्वमहालेखा परीक्षक टंकमणी शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

र मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने पनि निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);