भर्ती भएको २० दिनमा युक्रेनी सेनाको नियन्त्रणमा रहेका काभ्रेका सिद्धार्थ ढकाल | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

भर्ती भएको २० दिनमा युक्रेनी सेनाको नियन्त्रणमा रहेका काभ्रेका सिद्धार्थ ढकाल

काठमाडौं, २१ मंसिर । रुसी सेनामा भर्ती भएका काभ्रेका एक युवक युक्रेनी सेनाको नियन्त्रणमा छन् । मन्डनदेउपुर–६ काभ्रेका २२ वर्षीया सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई गत मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो । ढकालसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको संख्या २ पुगेको छ ।

जेपोरोजियास्थित हिउँले भरिएको क्षेत्रमा खटिएको अवस्थामा उनीहरु २ नेपालीसहित ५ जनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो । युक्रेनी सेनाले ५ जनालाई नियन्त्रणमा लिएर गाडीमा लैजांदै गरेको, कोठामा राखिएको र आफ्नोबारे पुरा विवरण दिइरहेको बारे फरक फकर ३ वटा भिडियो सार्वजनिक गरेको थियो ।

ढकालले भिडियोमा रुस आएको एक महिना २० दिन मात्रै भएको बताइरहेको सुन्न सकिन्छ । भिडियोमार्फत ढकालले अहिलेसम्म आफु राम्रै रहेको र चाँडो नेपाल सरकारलाई निकाल्न भनिदिन पनि आग्रह गरेका छन् । उनले एजेन्टले झुक्काएपछि रुसी सेनामा भर्ना हुन बाध्य भएको पनि बताएका छन् । उनका अनुसार रुस अध्ययन गर्न पुगेका थिए । विश्वविद्यालयले उनलाई शुल्क भुक्तानीका लागि फोन गरेपनि आफुसँग पैसा नभएपछि देश फर्कन भनेको बताएका छन् ।

तर उनले आफुलाई देश फर्कन मन नभएको पनि उल्लेख गरेका छन् । आफूसँग विकल्प नभएपछि रुसी सेनामा भर्ना हुन निर्णयमा पुगेको पनि उनले सुनाएका छन् । उनले सेनामा १ लाख १५ तल दिन्छु भनेको र २० दिन मात्र भएको पनि बताए । उनले अहिले रुसी सेनामा ४–५ हजार नेपालीले काम गर्ने पनि बताएका छन् ।

यसैक्रममा नेपाली युवाहरुलाई रुसी सेनामा भर्ना गर्न बाध्य गराउने गिरोहका १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरिसकेको छ । जसमा जसमा दीपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, द्रोण डाँगी, सन्तोष रोक्का र सन्तोष नेपाल रहेको रहेका छन् ।

यसअघि युक्रेनी सेनाले रुसी सेनामा भर्ती भएका बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिइसकेको छ । यसैबीच रुसको रक्षा मन्त्रालयले रुसी सेनामा भर्ना भएर युद्ध स्थल गएका चेतेन्द्र खड्का, युवराज अधिकारी, लालबहादुर विश्वकर्मा, तिलकबहादुर विश्वकर्मा, दीपक खड्का, लक्ष्मण भट्टराई, जगदीश पहाडी, सुशान्तकुमार राहपाल फरार भएको जनाएको छ । उनीहरू तालिम लिई रुसको रोस्तोभ क्षेत्रमा थिए । ती सबैले आधुनिक हतियार चलाएको रुसको दाबी छ । उनीहरु गत १४ अक्टोबरमा रुस पुगेका थिए भने १७ नोभेम्बरबाट सर्म्पकविहीन छन् । नेपाली दूतावासले उनीहरू सम्पर्कमा नआएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);