पशुपति मन्दिर आसपास मासु तथा मदिरा बिक्रिमा रोक | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पशुपति मन्दिर आसपास मासु तथा मदिरा बिक्रिमा रोक

pashupati nath temple

काठमाडौं, २१ मंसिर । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा बालचर्तुदशी पर्वलाई मध्यनजर गर्दै आजदेखि मासुजन्य सामाग्री विक्रि वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सुचना जारी गर्दै एक साता सो क्षेत्रमा मासु तथा मदिरा उत्पादन, बिक्रि, ओसारपोसार, भण्डारण र सेवन नगर्न निर्देशन दिएको हो ।

काठमाडौं प्रशासनले गौशला मिबपार्क सडकदेखि पुर्व,पशुपति क्षेत्रको पुर्व सिमानादेखि पश्चिम तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकाण्ड–गौरीघाट हुँदै गृहेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागु गरेको हो ।

यी क्षेत्रमा आगामी मंसिर २७ गतेसम्म यो नियम लागु हुनेछ ।

यो सुचनाको विरुद्ध कसैले काम गरे प्रचलित कानुन बमोजिम कारबाही हुने पनि काठमाडौं प्रशानसले चेतावनी दिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);