एनसेल आजियटालाई कठघरामा ल्याउन कानूनी प्रावधान नै नभएको दूरसञ्चार प्राधिकरणको प्रष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

एनसेल आजियटालाई कठघरामा ल्याउन कानूनी प्रावधान नै नभएको दूरसञ्चार प्राधिकरणको प्रष्टोक्ति

Ncell-logo

काठमाडौं, २१ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अपm्ठ्यारो रहेको स्पष्ट गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा अध्यक्ष खनालले एनसेललाई नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन कानूनी प्रावधान नभएको प्रष्ट्याउनु भएको हो ।

उहाँले प्राधिकरणले कानून बनाउन खोज्दा पटक–पटक संसदबाट ऐनको मस्यौदा फर्काएको भन्दै अफ्ठ्यारो पर्दा कानूनअनुसार कारबाही गर भन्न नमिल्ने तर्क गर्नुु भयो । अध्यक्ष खनालले शेयर खरिदबिक्री प्रक्रिया रोक्न कम्पनी रजिस्ट्रार कार्यालयमा पत्राचार गर्दा नमिल्ने जवाफ आएको गुनासो गर्नुभयो । एनसेलको शेयर बिक्री र मूल्यमा चलखेल भएको दाबी गर्दै खनालले यससम्बन्धी कागजात संकलन गरिरहेको जानकारी गराउनु भयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा गु्रपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने धारणा राख्नु भयो ।

बैठकमा सांसदहरुले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने, सेयर खरिदबिक्रीमा कानूनी छिद्रताको प्रयोग भएकोले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने भन्दै अर्थतन्त्र माफियाको हातमा रहेकोले यस्तो अवस्था आएको टिप्पणी गरे ।

बैठकमा अधिकांश सांसदहरुले आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);