एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

काठमाडौं, २० मंसिर । एनसेलको शेयर बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । समिति सचिव एकराम गिरिका अनुसार बुधबार दिउँसो २ बजेका लागि बैठक बस्ने तय भएको छ ।

शेयर बिक्रीबारे प्रारम्भिक छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो । एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको विदेशी कम्पनीको शेयर बिक्रीका क्रममा कानुनी प्रक्रिया मिचिएको वा कर छली भएको हुनसक्ने भन्दै सार्वजनिक लेखा समितिले यसबारे छलफल गर्न लागेको हो । समिति सभापति ऋषिकेश पोखरेलका अनुसार एनसेलको शेयर बिक्री छानबिन नै गर्ने तयारीमा सार्वजनिक लेखा समिति छ ।

नियामक निकायबाट विवरणहरु मगाएर त्यसमाथि अध्ययन गर्न लागेको हो । यसअघि सार्वजनिक लेखा समितिले एनसेलको शेयर बिक्रीमा कर छली भएको आशंका गर्दै नियामक निकायहरुलाई पत्र लेखेको थियो । नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागलाई लेखिएको पत्रमा विभिन्न ९ वटा प्रश्नहरु छन् ।

एनसेलको शेयर बिक्रीले सेवा प्रवाहमा कस्तो असर पर्छ ? राजस्व र आयकरमा कुनै असर हुन्छ कि हुँदैन ? हक हस्तान्तरणमा विधि मिचिएको हो कि होइन ? लगायतका प्रश्नहरु सोधिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);