काठमाडौं,१४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्जाङ समृद्धिका लागि सकल्प यात्रा सुरु गरेका छन् ।
ओलीले आज झुलाघाटबाट राष्ट्रिय झण्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाञ्याङ समृद्धिका लागि सकल्प यात्रा प्रारम्भ गरेका हुन् ।
ओलीले आज बिहान साढे ८ बजे झुलाघाटको महाकाली नदी किनारमा झन्डोत्तोलन गरी सकल्प यात्राको उद्घाटन गरेका हुन् । सकल्प यात्राको आरम्भको उद्घाटन सत्रमा नेताहरु शंकर पोखरेल, विष्णुु पौडेल, योगेश भट्टराई, राजेन्द्र पाण्डेलगायत थुप्रै नेताहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट पाँचथरका चिवा भञ्याङसम्मका मध्ये पहाडी भुभागका अध्ययन अवलोकन गरी विकासको सम्भावना पहिल्याउने प्रतिबद्धता गरे ।