सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं,१० मंसिर । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मुल्य आज प्रतितोला ६ सय रुपैयाँले बृद्धि भएको हो । त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

आइतबारका लागि छापावाल सुनको मुल्य १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुनको मुल्य आज प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १६हजार ३ सय, तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);