काठमाडौं, १० मंसिर । गत मंसिर ८ गते चितवनको भरतपुरमा बोरामा बाधेर फालेको अवस्थामा भेटिएको महिला र पुरुषको शव अझै पहिचान खुल्न सकेको छैन् ।
भरतपुर महानगरपालिका वडा नं. १२ मिलनचोक स्थित पूर्व पििश्चम लोकमार्ग सडक खण्डको कल्भट मुनी शंकास्पद रुपमा २ वटा (महिला र पुरुष) को शव फेला परेको थियो ।
७७ वटै जिल्ला लगायत सिमावर्ती भारतिय जिल्ला हरुमा समेत हुलिया परिपत्र गर्दा हाल सम्म मृतकको सनाखत तथा पहिचान हुन नसकेको भन्दै द्धय मृतकका हुलियासमेत प्रहरीले सार्वजनिक गरेको छ ।
मृतकहरुको शरिरमा रहेका चिजबस्तु, चिन्ह तथा कपडाहरुबाट सनाखत हुन सक्ने हुँदा उक्त चिजबस्तु, चिन्ह तथा कपडाको फोटोसहित हुलिया प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीले मानिसहरु हराईरहेका कोहि कसैको परिवारका सदस्य तथा आफन्तजनहरु भएमा नजिकको प्रहरी कार्यालय तथा यस जिल्ला प्रहरी कार्यालय चितवनमा जानकारी दिन आग्रह गरेको छ ।