दुर्गा प्रसाईंको आन्दोलन तुहिएकै हो त ! | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

दुर्गा प्रसाईंको आन्दोलन तुहिएकै हो त !

काठमाडौं, १० मंसिर । मेडिकल व्यवसायी एवं गणतन्त्रविरोधी अभियन्ता बनेका दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म, सस्कृति र नागरिक बचाउन महाअभियान नेपालले आजको लागि घोषणा गरेको कार्यक्रम स्थगित गरेको छ ।

भक्तपुरको दरबार क्षेत्रभित्र गरिने भनिएको कार्यक्रम अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरीएको अभियानले जारी गरेको सुचनामा उल्लेख छ । अभियानको आज बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गत मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा जनप्रदर्शन गर्ने भनिए पनि काठमाडौं जिल्ला प्रशासनले सो स्थानमा रोक लगाएपछि बल्खुमा आयोजना गरेको थियो । त्यसको भोलिपल्ट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेपनि त्यहाँ पनि प्रशासनले रोक लगाएपछि शनिबारको लागि प्रशासनले सिफल चौर प्रदर्शन गर्न दिएको थियो ।

त्यसपछि भने प्रसाईंको आन्दोलनमा समर्थन जुटाउँदै आएका नागरिकहरुको संख्या कम हुन थालेको छ । सोही कारण आजको कार्यक्रम स्थगित गरेको बुुझिएको छ ।

अभियानले आजै काठमाडौंका ३ स्थानमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहान ११ बजे कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा एकै समयमा कार्यक्रमको आयोजना गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);