‘नेताज्युहरुलाई मार्सी चामलको भात निकै महंगो पर्यो’ | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

‘नेताज्युहरुलाई मार्सी चामलको भात निकै महंगो पर्यो’

काठमाडौं, ५ मंसिर । यतिबेला एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र मेडिकल व्यवसायी दुर्गा प्रसाई एउटै टेबलमा बसेर खाना खाइरहेको देखिन्छ ।

सो तस्बिर शेयर गर्दै केही सामाजिक प्रयोगकर्ताहरुले मार्सी चामलको भात नेताहरुलाई निकै महंगो परेको उल्लेख गरेका छन् । एक सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्,‘नेताज्युहरुलाई मार्सी चामलको भात निकै महंगो पर्यो’

व्यवसायी प्रसाई यतिबेला जन विद्रोहको नाम दिएर राजावादी हुँ भन्दै राजावादीको पनि हुर्मत लिदै जनप्रदर्शनको तयारीमा छन् । प्रसाईले देशलाई टाट पल्टाउनेको नाम सार्वजनिक गर्ने क्रममा उनीमाथि नेकपा एमाले निकट युवा संघ नेपालले कालोमोसो दलेपछि उनी थप आक्रामक भएका छन् । उनलाई कालोमोसो दल्नु सिंगो पार्टी एमालेकै योजना हो की भन्ने पनि आमजनता शंंशकित भएका छन् ।

नहोस पनि कसरी । प्रसाईले जनप्रदर्शन गर्ने मितिमै युवासंघले पनि माइतीघरमै कार्यक्रमको घोषणा गर्यो । दुवैपक्षबीच झडप हुने स्थिति देखेपछि जिल्ला प्रशासन काठमाडौंले बानेश्वरदेखि माइतीघरसम्म १ महिनाका लागि निषेधाज्ञा जारी नै गरेको छ । निषेधाज्ञा पछि प्रसाईले बल्खु र युवासंघले तिनकुनेमा कार्यक्रम सारेको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);