राष्ट्रिय सभा निर्वाचन भए लगत्तै मुलुकमा नयाँ सरकार : खनाल | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन भए लगत्तै मुलुकमा नयाँ सरकार : खनाल

काठमाडौं, ६ माघ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भए लगत्तै मुलुकमा नयाँ सरकार बन्ने बताएका छन् ।

वरिष्ठ नेता खनालले बामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दावी समेत गरेका छन् ।

शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भईरहेको खुलासा गरे ।

वरिष्ठ नेता खनालले जनतालाई न्याय हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सबै स्थानीय तहलाई सचेत गराए । उनले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अव त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउन सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);