आज छठ पर्व देशभर मनाइदै,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

आज छठ पर्व देशभर मनाइदै,साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

chhat-parwa

काठमाडौं,३ मंसिर । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको तेस्रो तथा मुख्यदिन आज देशभर सूर्यको पूजा आराधना गरी मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर सोमबार ल बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठ पर्वको दोस्रो दिन शनिबार खरना विधि गरिएको छ । मुख्य विधि अन्तर्गत पहिलो दिन शुक्रबारको विधिमा अरबा–अरबाइन अर्थात नहाय–खाय गरिएको छ । दोस्रो दिन शनिबार खरनामा छठका व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाएको खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्ने परम्परा छ ।

खरनालाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि लिपेर चोखो बनाइन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);