जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा नेपालले प्रष्ट धारणा राख्ने प्रधानमन्त्रीको भनाइ | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा नेपालले प्रष्ट धारणा राख्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।

नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापत्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले उक्त सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभयो । आफूहरुले गर्दै नगरेको कामको मूल्य चुकाउन नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जसले कार्बन उत्सर्जनमा कमजोरी गरेको छ, उसले जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्ने जिकिर गर्नुभयो । कोप–२८ मा नेपालले सहयोगको याचना मात्रै गर्ने नभइ हामीलाई हाम्रो अधिकार चाहियो भन्ने उहाँको भनाइ थियो । यही मङ्सिर १४ देखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा कोप–२८ सम्मेलन आयोजना हुँदैछ ।

नेपालले कोप–२८ मा उठाउने विषय र प्राथमिकताका सम्बन्धमा उच्चस्तरीय सत्रलाई यही मङ्सिर १६ गते प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । यस सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत मुद्दालाई प्राथमिकतामा राखेको छ । कालापथ्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झण्डोत्तलन गर्नु आफैँमा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खुम्बु क्षेत्रमा गर्नुभएको भ्रमणले विश्वको ध्यानाकर्षण भएको जिकिर गर्नुभयो । उहाँले खुम्बु क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);