काठमाडौं,१ मंसिर । लोकसेवा आयोगले ठुला संख्यामा कर्मचारी मागेको छ । आज एक सूचना जारी गर्दै आयोगले कुल २ सय ५७ जना कर्मचारीको लागि आवदेन खुल्ला गरेको हो ।
राजपत्रांकित तृतिय श्रेणीको प्राविधिक,स्वास्थ्य सेवा तर्फको सातौ र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो ।
त्यसैगरी, आयोगले प्राविधिकतर्फ २१६, मानव अधिकारसेवा तर्फ अधिकृत तृतीय श्रेणीलमा १, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६जना र सातौं तहमा ४ जना कर्मचारीको लागि दरखास्त आहुवान ग्रेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी मंसिर १९ गतेभित्र आयोगको वेभसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।