आज विश्व शौचालय दिवसको अवसरमा गोष्ठी हुँदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

आज विश्व शौचालय दिवसको अवसरमा गोष्ठी हुँदै

काठमाडौं, १ मंसिर । विश्व शौचालय दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

बिहीवार काठमाडौंमा एक पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । विश्व शौचलय दिवसको अवसरमा यस पटक मंसिर १ गते (आज)सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठी हुने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले गोष्ठीमा ५ वटा कार्यपत्र प्रश्तुत गरी छलफल गरिने बताउनु भयो । उहाँले छलफलबाट प्राप्त निस्कर्ष र सुझावहरु नेपाल सरकार र सरसफाईमा संलग्न राष्ट्रसंघीय निकाय समक्ष प्रश्तुत गरिने बताउनु भयो । उहाँले यस गोष्ठीले दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको विश्वासलाई सहयोग गर्ने लक्ष्य रहेको बताउनु भयो ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);