काठमाडौं, ३० कात्तिक । सिन्धुली कारागारभित्र रहेका ३० वर्षीय थुनुवाको मृत्यु भएको छ । विमल ज्यान मुद्दामा गत असोज १७ गतेदेखि कारागारमा रहेका दुधौली नगरपालिका १० का विमल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति कारागारभित्रै देउसी खेलेर खाना खाएर सुतेका विमलको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विमल आज विमल बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका थिए ।
उनलाई अस्पताल पुराइए लगत्तै चिकित्सकको टोलीले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन् । शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमै राखिएको छ । विमल ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।