लाइबेरियामा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

लाइबेरियामा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु

काठमाडौं,३० कात्तिक । पश्चिम अफ्रिकी देश लाइबेरियामा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धन फर डेमोक्रेटिक चेन्जका वर्तमान अध्यक्ष जर्ज वेह र युनिटी पार्टीका पूर्वउपराष्ट्रपति जोसेफ बोकाईबीच प्रतिष्पर्धा छ ।

अहिलेसम्म यो प्रक्रिया सहज र शान्तिपूर्ण रहेको छ । इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स र वेस्ट अफ्रिकन एल्डर्स फोरमलगायत विभिन्न स्थानीय र अन्तर्राष्ट्रिय संस्थाका पर्यवेक्षकहरू निर्वाचन प्रक्रियाको अनुगमन गर्न, निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न मैदानमा छन् ।

२.४ मिलियन भन्दा बढी लाइबेरियालीहरू चुनाव प्रक्रियामा मतदान गर्न दर्ता भएका थिए । राष्ट्रिय निर्वाचन आयोग (एनईसी) ले देशका १५ वटै जिल्लामा हुने निर्वाचनको अनुगमन गरिरहेको छ । अक्टोबरमा भएको पहिलो चरणको मतदानमा २० राष्ट्रपतिका उम्मेद्वारहरूमध्ये स्पष्ट विजयी हुन सकेनन् । जसका कारण शीर्ष दुई दावेदारहरू वेह र बोकाईबीच प्रतिष्पर्धा भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);