आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आज भाइटीका लगाउँदा कुन दिशा फर्कने ?

काठमाडौं,कात्तिक २९ गते । आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार यो वर्षको भाइटीकामा टीका लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनु पर्दछ ।

चन्द्रमा बृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पानु पर्ने उहाँका बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चन्द्रमा बृश्चिक राशीमा छन्, टीका लगाउने व्यक्तिको दाहिने पार्नुपर्दछ, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्छ ।”

सनातन धर्मअनुसार शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने प्रचलन छ । आज (बुधबार) चन्द्रमा बृश्चिक राशीमा रहेका छन् । शुभकार्य गर्दा अगाडि वा दाहिने पार्नु राम्रो मानिने उहाँ बताउनुहुन्छ ।

नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान १०ः५१ मिनेटमा रहेको छ । दिनभर लगाउन मिल्छ । गोरखापत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);