अभियानमा केन्द्रिय नेताहरुलाई परिचालन गर्न एमालेले बोलायो केन्द्रिय कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

अभियानमा केन्द्रिय नेताहरुलाई परिचालन गर्न एमालेले बोलायो केन्द्रिय कमिटी बैठक

काठमाडौं, २३ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ । बुधवार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले मंसिर १४ गतेदेखि यो विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । विकास, निर्माण र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको सन्देश दिने गरी सो अभियान सञ्चालन गर्ने निर्णय लिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली बताउनु भयो । झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा नाम दिइएको सो अभियानका सुभारम्भ अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट सुभारम्भ गर्नुहुनेछ । अभियानको क्रममा सो राजमार्ग केन्द्रित मुख्यमुख्य सहर र जिल्लाहरुमा भेलाहरु गर्दै, अन्तरक्रियाहरु गर्दै, त्यहाँका उद्यमी, व्यवसायीहरुसँग भेट गर्दै, त्यहाँ राम्रा काम गर्नेहरुलाई प्रोत्साहन गर्दै, चुनौतिहरुलाई सुन्दै त्यहाँका ऐतिहासिक स्थलहरुको अवलोकन गर्दै १२/१५ वटा इभेन्टहरु ठाउँ हेरिकन गर्दै चेवा भञ्ज्याङमा पुगेर समापन गरिने पनि उपमहासचिव ज्ञवालले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले यही मंसीर १४ गतेदेखि ३ हप्ता लामो मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान संचालन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । यो अभियानमा सान्दर्भिकता र सन्देशका मुख्य आधारहरु के हुन भन्दाखेरी नेपाल हिमाल, पहाड, तराई तीन वटा भौगोलिक संरचनाले भरिएको मुलुक हो । त्यसमध्ये पहाड सबभन्दा बढि भूभाग ओगटने जैविक विविधताको दृष्टिले, कृषिको दृष्टिले, पशुपालनको दृष्टिले, जलस्रोतको भण्डारको दृष्टिले हरेक हिसावले अत्यन्तै महत्वपूर्ण भूभाग पनि हो । सांस्कृतिक विविधताको क्षेत्र पनि हो । यही कुरालाई ध्यानमा राखेर पार्टीले पहाडी क्षेत्रको विकासको सन्दर्भमा महत्वपूर्ण योजनाहरु पनि अगाडि बढाउँदै आएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग, त्यो लोकमार्गमा १० वटा आधुनिक सहरहरु । यी सबै कुराहरु हाम्रा योजना भित्रकै कुराहरु हुन । र, पछिल्लो समय एउटा विरोधाभाष के देखिएको छ भने पहाडी क्षेत्रका विकास र पूर्वाधारहरु पर्याप्त पुगेका छन । तर विकास गाउँतिर पस्ने, पहाडतिर पस्ने, तर जनता अथवा नागरिकहरु तराई, शहर र अझ पछिल्लो समय त विदेशतिर बसाईसराई गर्ने यो जुन विरोधाष छ । यसलाई अन्त्य गर्न जरुरी छ । त्यसो भएर पहाडको विकासमा चुनौति के हो ? जसले पहाडलाई, पहाडको बसाईसराईलाई कम गर्न सकिन्छ । त्यसलाई समृद्धिको आधार बनाउन सकिन्छ । पहाड समृद्ध नहुन्जेलसम्म सिंगो राष्ट्र समृद्ध हुन सक्दैन । त्यसो भएर विकासका समस्याहरुको पहिचान गर्दैं पहाडको पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्वपूर्ण उद्देश्य हुनेछ । दोस्रो, सामाजिक सदभाव र राष्ट्रिय एकतालाई बलियो बनाउने । अहिले विभिन्न कोणबाट देखा पर्न थालेका कतिपय संकीर्ण अतिवादी सोचहरुलाई निस्तेज गर्ने र बलियो राष्ट्रिय एकताको आधार निर्माण गर्ने यसको दोस्रो उद्देश्य हुनेछ । तेस्रो उद्देश्य यो वर्ष कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष हो । पुष्पलालले स्थापना गर्नु भएको पार्टी ७५ वर्षमा पुगेको छ । र, पुष्पलालको नाममा निर्मित यो राष्ट्रिय संरचनामा यो अभियान हामीले चलाउँदा हामीले हाम्रो इतिहासलाई पनि जोडन चाहेका छौं । गएको ७५ वर्षमा हामीले के काम ग¥यौं ? त्यो कुराको हामी सन्देश दिन चाहन्छौं । चौथो, यो अभियानको उद्देश्य अहिले जुन खालको निराशाको खेती मौलाउने कोसिस भईराखेको छ । र, यो निराशालाई, यो असन्तुष्टिलाई हाम्रा परिवर्तनकै विपक्षमा उभ्याउने खालको जुन प्रयासहरु हुँदैछन् । त्यस्तो होइन, थुप्रै ठाउँमा समस्याहरु होलान् । तर देश अगाडि पनि बढिरहेको छ । निश्चित ठाउँहरुमा कामहरु अगाडि बढिरहेका छन । ती भईरहेका राम्रा कामहरुलाई उजागर गर्दै यो देशलाई राम्रो बनाउन सकिन्छ । राम्रो बनाउने शक्ति हामी यही छौं भन्ने कुराको सन्देश दिने यसको उद्देश्य हो । जनतासँग संवाद गर्दै जनताका कुराहरु सुन्दै उहाँहरुका गुनासाहरु, उहाँहरुका सुझावहरु सुन्दै सम्बन्ध स्थानीय तर सन्देश राष्ट्रिय दिने गरी हामीले यो अभियान चाहीँ मैले अघि भनेजस्तो मंसीर १४ गतेदेखि बिहान साँढे ८ बजे झुलाघाटमा अध्यक्षद्धार राष्ट्रिय झण्डाको झण्डोत्तोलनद्वारा यो कार्यक्रम शुरु हुनेछ । र, मध्य पहाडी लोकमार्गका विभिन्न सहरी क्षेत्रहरुमा सभाहरु गर्दै, भेलाहरु गर्दै, अन्तरक्रियाहरु गर्दै, त्यहाँका उद्यमी, व्यवसायीहरुसँग भेट गर्दै, त्यहाँ राम्रा काम गर्नेहरुलाई प्रोत्साहन गर्दै, चुनौतिहरुलाई सन्दै त्यहाँका ऐतिहासिक स्थलहरुको अवलोकन गर्दै १२÷१५ वटा इभेन्टहरु ठाउँ हेरिकन गर्दै हामी चाहीँ चेवा भञ्ज्याङमा पुग्नेछौं । त्यहाँ फेरी राष्ट्रिय झण्डा र यो अभियान सम्पन्न भएको प्रतिक चिन्ह राखेर हामी फर्कनेछौं । हामीलाई विश्वास छ–यो अभियान जसमा सिंगो मधेसलाई पनि आफ्नो पायक पर्ने यो राजमार्गमा ठाउँहरुमा जोडछौं । हिमाललाई तल झार्छौं । र, सिंगो देशको अभियानको रुपमा यसलाई अगाडि बढाउँछौं । यो राजनीतिक अभियान त हुँदै हो । तर त्यो भन्दा पनि बढता विकास निर्माण, सामाजिक एकताको सन्देश दिने एउटा राष्ट्रिय अभियानको रुपमा चाँही हामीले यो कुरा लैजान्छौं । यो अभियानको नाम चाहीँ झुलाघाट–चेवा भञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा रहनेछ । कमरेड अध्यक्षको नेतृत्वमा केन्द्रिय टोली र प्रदेशप्रदेशमा प्रदेशका टोलीहरु, जिल्लाको हकमा चाँही जिल्लाको टोलीसहित हामीले यो अभियान सम्पन्न गर्नेछौं । आजको एउटा महत्वपूर्ण निर्णय यही हो ।’

एमालेले सो अभियानमा केन्द्रिय नेताहरुलाई परिचालन गर्ने गरी मंसिर ६ गते काठमाडौंमा केन्द्रिय कमिटी बैठक पनि बोलाएको छ । यसअघि केन्द्रिय कमिटीको बैठक धनगढीमा बोलाउन भनिएपनि सो अभियानको काममा ढिलाई हुने भएकाले केन्द्रिय कार्यालय च्यासलमै सो बैठक बस्ने निर्णय पनि गरिएको पार्टीका उपमहासचिव ज्ञवाली बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दोस्रो चाहीँ हामीले यसको विस्तृत योजनासहित कार्य विन्यास गर्न केन्द्रिय सदस्यहरुलाई सम्बन्धित ठाउँहरुमा खटाउनका लागि आउने मंसीर ६ गते केन्द्रिय कमिटीको छैटौं बैठक काठमाडौंमा गर्ने निर्णय गरेका छौं । शुरुमा हामीले धनगढीमा गर्ने कि भनेर छलफल गरेका थियौं । तर तयारीको समय नपुग्ने भएकाले काठमाडौंमा बैठक बसेर आवश्यक निर्णयसहित तत्तत ठाउँमा पठाउनुपर्ने भएकाले बैठकलाई अलिकति अगाडि सार्ने निर्णय गरिएको छ ।’

एमालेले सो अभियानमार्फत नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको उपलब्धिहरुको पनि सन्देश दिने र जनतामा निराशा हटाई उत्साहको वातावरण निर्माण गर्ने दाबी समेत गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);