एमाले नागार्जुनको चियापान तथा शुभकामना कार्यक्रम भोलि | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

एमाले नागार्जुनको चियापान तथा शुभकामना कार्यक्रम भोलि

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नागार्जुन नगर कमिटीले दशै तिहार, नेपाल सम्बत र छठ लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा कार्तिक २३ गते बिहीवार विहान ७ बजे नागार्जुन नगरपालिका–६ स्थित थापा पार्टी प्यालेसमा कार्यक्रम हुने कमिटीका सचिव गोवर्दन के.सि (युनिक) ले जानकारी दिए ।

केसीको अनुसार बार्षिक क्यालिन्डर अन्तरगत शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगर स्तरिय सम्पुर्ण पार्टीका नेता तथा कार्यकर्तालाई पनि निमन्त्रणा गरिएको छ ।

साथै नगर कमिटीले भुकम्प पीडितहरुको सहयोगका लागि तिहारमा देउसी–भैलो कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);