गाजामा तत्काल मानवीय युद्धबिराम आवश्यकः संयुक्त राष्ट्र प्रमुख | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

गाजामा तत्काल मानवीय युद्धबिराम आवश्यकः संयुक्त राष्ट्र प्रमुख

काठमाडौं, २१ कात्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको आक्रमण तत्काल रोक्न आह्वान गर्नुभएको छ । उहाँले आक्रमण तत्काल रोकेर त्यहाँका बासिन्दालाई शान्तिपूर्ण रुपमा बस्न दिन आग्रह गर्नुभएको हो ।

उहाँले गाजामा मानवीय संकट बढीरहेको उल्लेख गर्दै मानवताको संकटले विश्वलाई तरंगित बनाइरहेको बताउनु भयो । उहाँले नागरिकहरु अस्पतालमा उपचारका लागि भरिएका तर उपचारका सामग्री नहुँदा बिचल्ली भइरहेको बताउनु भयो ।

गाजा बालबालिकाका लागि चिहान बनिरहेको छ । दैनिक सयौं बालबालिकाहरु मारिने र घाइते भएका छन् । पछिल्ला चार हप्ताको अवधिमा धेरै पत्रकार मारिएका छन् । विश्व संगठनको इतिहासमा कुनैपनि तुलनात्मक अवधिमा भन्दा बढी संयुक्त राष्ट्र सहायता कार्यकर्ता मारिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);