भूकम्पमा परी घाईते भएकाको उपचार सरकारको पहिलो प्राथमिकतामा, तत्काल १० करोड निकाशा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

भूकम्पमा परी घाईते भएकाको उपचार सरकारको पहिलो प्राथमिकतामा, तत्काल १० करोड निकाशा

१८ कात्तिक २०८०, शनिबार  सरकारले पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज÷उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५÷५ करोड रुपैया पठाउने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

बैठकले घाईते भएकोको उपचार पहिलो प्राथमिकता रहेको बताएको छ । बैठकले उद्धार कार्यमा कुनै कमी हुन नदिन, घाईते तथा क्षतिको विवरणहरु संकलन एकीकृत विधिबाट गर्ने निर्णय पनि गरेको छ ।

प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत दिने र राहत सामग्री सुर्खेतमा पु¥याएर हस्तान्तरण गरिने गृहमन्त्रालयले निर्णय गरेको छ ।

सरकारकाअनुसार हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या १३८, उपचाररत २३१ जना रहेका छन् । ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको मन्त्रालयले बताएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);