तारा एयरका दुई पाइलटबीच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

तारा एयरका दुई पाइलटबीच कुटाकुट

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा २ पाइलटबिच कुटाकुट भएको छ । विमानस्थलमा तारा एयरका टुइनटावर विमानका २ पाइलटहरु बिच कुटाकुट भएको बुझिएको छ ।

आज बिहान ८ बजे वरिष्ठ क्याप्टेन सन्तोष साह र सोही कम्पनीका अर्का क्याप्टेन सञ्जिब श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको स्रोतले जनाएको छ ।

उनीहरुबीच झगडा भएको कारण भने खुल्न सकेको छैन् । घटनापछि सन्तोष साहको हातमा चोट लागेको छ । सन्जिव श्रेष्ठ भने सोही विमान लिएर लुक्ला उडेका छन् । विमान र सन्जिवलाई लुक्ला विमानस्थलै ग्राउण्डेड गरिएको छ । साहलाई रामेछापमै ग्राउण्डेड गरिएको र क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको नागरिक उड््यन प्राधिकरणले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);