आमाविरुद्ध र्याप गीत निकालेपछि मीना ढकालले भनिन्–‘छोरो सुधार गृहमा छ’ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आमाविरुद्ध र्याप गीत निकालेपछि मीना ढकालले भनिन्–‘छोरो सुधार गृहमा छ’

काठमाडौं, १६ कात्तिक । हाँस्यकलाकार मनोज गजुरेलको मीना ढकालसँगको वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष भइसकेको छ । तर मीनाले भने अझै सामाजिक सञ्जालमार्फत गाली गर्न भने छाडेकी छैनन् ।

गजुरेलले दोस्रो विवाह पनि गरिसकेका छन् । पछिल्लो समय मीनाले छोरासँग सम्बन्ध सुध्रिएको भन्दै टिकटकमा भिडियो राख्दै आएकी छिन् । तर,छोरा मिरोज गजुरेलले भने आमाको विभिन्न पोल खोलेरै ¥याप गीत सार्वजनिक गरेका छन् । जसमा मीना र उनका आफन्तबारे व्यंग हानेका छन् ।

मिराजले आफ्नो बाल्यकालदेखि आमाले विभिन्न किसिमले यातना दिएको भन्दै तल्लोस्तरको गालीगलौज समेत गरेका छन् । उनले ¥यापमा आमाको पछि लाग्ने युट्युुबरहरुलाई पनि भेडाबाख्राको संज्ञा दिएका छन् ।
सम्बन्ध विच्छेदपछि मीना एक्लै बस्दै आएकी छिन् । छोरी सुरुमा आमासँग बसेपनि पछि मनोजकै घरमा फर्किएकी थिइन् हाल उनी क्यानडा पुगिसकेकी छिन् ।

मिराजले अब आमा नचाहिने र सौतेनी आमा र बुवाकै मायामा बस्ने बताएका छन् ।

छोराको ¥यापको खण्डन गर्दै मीनाले सामाजिक सञ्जाल टिकटकमार्फत छोरा लागऔषध खाने र अहिले सुधारगृहमा रहेको बताएकी छिन् । उनले भनिन्–“उ अहिले मानसिक अस्वस्थ्य भएर ६ महिनादेखि चितवनको पर्साको सुधार गृहमा राखेको छ । अस्तिमात्र म भेट्न गएको थिए । मैले नै मोबाइल पठाइदिएको छु ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);