इन्डोनेसियामा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

earthaquake-bhukampa

इन्डोनेसिया, १६ कात्तिक । इन्डोनेसियाको टिमोरमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ४ मापन गरिएको थियो ।

युरोपेली भूमध्य क्षेत्रीय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु नजिकका क्षेत्रमा हल्का धक्का महसुस गरिएको थियो भने टिमोर क्षेत्र र तिमोर–लेस्टेका अन्य ठाउँमा हल्का धक्का महसुस गरिएको थियो ।

प्राप्त जानकारी अनुसार हालसम्म भूकम्पबाट कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);