राष्ट्रसंघका महासचिव गुटेरेसले गरे अन्नपूर्ण बेस क्याम्प र लुम्बिनीको भ्रमण | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

राष्ट्रसंघका महासचिव गुटेरेसले गरे अन्नपूर्ण बेस क्याम्प र लुम्बिनीको भ्रमण

काठमाडौं, १४ कात्तिक । नेपालमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको विभिन्न स्थानको भ्रमणमा व्यस्त हुनुहुन्छ । यसै क्रममा महासचिव गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नुभयो ।

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारू लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका थिए । उहाँले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण गर्नुभयो ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ । यसअघि उहाँले आज अन्नपूर्ण बेसक्याम्पको अवलोकन गर्नुभएको थियो । त्यहाँबाट फर्केपछि पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिवन गुटेरेसले जलवायु अनुकुलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्नेमा जोड दिनुभयो । जलवायु अनुकुलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्ने उहाँको भनाइ थियो । महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशहरुलाई पनि आग्रह गर्नुभयो । जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने उहाँको भनइ थियो ।

महासचिव गुटेरेसले जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);