हमासका वरिष्ठ नेता अजिनालाई मारेको इजरायली सेनाको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

हमासका वरिष्ठ नेता अजिनालाई मारेको इजरायली सेनाको दाबी

काठमाडौं, १४ कात्तिक । इजरायल र हमासबीचको युद्धको आज २५औं दिन हो । यसैबीच इजरायली सेनाले हमासका वरिष्ठ नेता नसिम अबु अजिनालाई मारेको दाबी गरेको छ । उनी अक्टोबर ७ मा इजरायलका दुई सहर इरेज र नेटिभ हसारामा भएको आक्रमणको मास्टरमाइन्ड थिए ।

अर्कोतर्फ, इजरायली सेनाले राति एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘हामीले गाजामा केही घण्टासम्म विशेष र गोप्य सैन्य कारबाही गरेका थियौं । यस अवधिमा, उनीहरूले हमासद्वारा कब्जामा परेका आफ्ना एक महिला सैनिकलाई उद्धार गरे। यी सैनिक अहिले आफ्नो परिवारसँग छन् र पूर्ण रूपमा स्वस्थ छन्।’

इजरायली सेनाले आगामी दिनमा गाजामा भूमिगत कारबाहीलाई तीव्र बनाइने पनि स्पष्ट पारेको छ । अर्कोतर्फ,सोमबार राति अबेर राति प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकार सम्मेलनमा भने– इजरायल अक्टोबर ७ देखि युद्धमा छ । इजरायलले यो युद्ध सुरु गरेको थिएन । इजरायल यो युद्ध चाहँदैन थियो । हामी युद्धविराम घोषणा गर्दैनौं, यो हमासलाई आत्मसमर्पण गर्नु जस्तै हुनेछ।

नेतान्याहुले थप भने– ‘हामासजस्ता बर्बरहरूसँग लड्न तयार नभएसम्म हामी राम्रो भविष्यको प्रतिज्ञा पूरा गर्न सक्दैनौं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);