काठमाडौं, १४ कात्तिक । संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
यसको निम्ति संघीय संसद सचिवालयले तयारी तिब्र पारेको हो । सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको र बैठकअघिसम्म सम्पूर्ण व्यवस्थापकिय तयारी पूरा भइसक्ने जानकारी दिनुभयो ।
सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने छ । बैठक सुरु भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ । गुटेरेसको सम्बोधन लगत्तै त्यही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रश्ताव पारित गर्ने छ । सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राखिने छ ।