कोशीमा सर्वदलीय सरकार बन्ला ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कोशीमा सर्वदलीय सरकार बन्ला ?

काठमाडौं, १४ कात्तिक । नेकपा एमालेको ४० र नेपाली कांग्रेसको ७ सांसदसहितको समर्थनमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई पद निल्नु न ओकल्नु भएको छ । कार्कीले असोज २८ गते पद तथा गापनियताको शपथ लिएका थिए ।

उनले कांगे्रसभित्र आफुले गरेको विद्रोहलाई समर्थन गर्ने शमशेर राई र एमालेका राम रानालाई विना विभागीय मन्त्री समेत नियुक्त गरिसकेका छन् । त्यसयता भने कार्कीले मन्त्रीपरिषद विस्तार गर्न सकेका छैनन् ।
सोमबार मन्त्रिपरिषद विस्तारबारे एमालेसँग छलफल पनि भएको थियो । एमालेले २ दल कांग्रेस र एमालेको मात्र सरकार बनाउन पर्ने अडान लिइरहेको छ भने यदी माओवादीलाई सरकारमा सहभागी गउाउने हो भने पुनर्विचार गर्ने समेतको धम्की दिइरहेको निकट स्रोतले जनाएको छ ।

एमालेले आफु ठुलो दल भएको भन्दै ५ मन्त्रालयमा दाबी गरिरहेको छ । यद्यपि मन्त्रालयको भागवण्डाबारे कुनै टुंगो भएको छैन् । एमाले कुनै पनि हालतमा माओवादीलाई सरकारमा सहभागी नगराउने पक्षमा उभिएको छ । माओवादी भने एमालेलाई सरकार बाहिर राखेर आफू भित्रन चाहान्छ । केन्द्रीय सत्तागठबन्धन जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

एमालेको सो प्रस्ताव कांग्रेसको केन्द्रीय नेतृत्वले असहमति जनाएपछि मुख्यमन्त्री कार्कीलाई अफ्ठेरो परेको हो । एमालेको दबाब छल्न केही दिन उनी विराटनगर छाडेर काठमाडौंमा पनि बसेका थिए । कार्कीले भने सर्वदलीय सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);