राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैनः सांसद रायमाझी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैनः सांसद रायमाझी

काठमाडौं, १३ कार्तिक ||
राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मन्त्रीपरिषद्मा नभइ सिधै संसदमा पेस हुनुपर्ने बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गृह मन्त्रालयले पहिल्यै ल्याएको भए स्वागतयोग्य हुने भएपनि अब भने गृह मन्त्रालयमा विधेयक पु¥याएर संसदमा लैजानु नहुने बताउनु भयो । उहाँले पुनः गृहमन्त्रालयमा विधेयक पुग्नु भनेको पास नगर्ने नियत भएको बताउनु भयो ।
त्यस्तै राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका नेता देवेन्द्र दाहालले राष्ट्रिय मर्यादाको अन्योलता अन्त्य गर्न विधेयकको आवश्यकता महशुस गरिएको बताउनु भयो । उहाँले सरकारी एवं सार्वजनिक पदाधिकारी र देशका लागि योगदान गरेका विशिष्ट व्यक्तिहरुको मर्यादामा र अति विशिष्ट तथा विशिष्टहरुको मर्यादामा गरिने सम्बोधन, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने विषयहरु विधेयमा समेटिएको बताउनु भयो । नेता दाहालले राष्ट्रिय मर्यादाका विषयहरुलाई एकीकृत गर्न विधेयक मशुस गरिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);