दीपिकालाई भेटेको कथा सुनाएपछि रणवीर सिंह ट्रोल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

दीपिकालाई भेटेको कथा सुनाएपछि रणवीर सिंह ट्रोल

काठमाडौं, १३ कात्तिक । बलिउड अभिनेता रणवीर सिंह हालै ‘कफी विथ करण ८’ को पहिलो एपिसोडमा पत्नी दीपिका पादुकोणसँग देखिएका थिए । त्यसपछि दुवै लगातार ट्रोल भइरहेका छन् । अहिले रणवीरको पुरानो भिडियो क्लिप भाइरल भइरहेको छ । यो भिडियो रणवीर आफ्नी पूर्व प्रेमिका अनुष्का शर्मासँग कफी विथ करणमा पुगेका बेलाको हो ।

वास्तवमा ‘कफी विथ करण’ को ८ औं सिजनको पहिलो एपिसोडमा करणसँग कुरा गर्दा रणवीरले उनलाई आफ्नो र दीपिकाको प्रेमकथा सुनाए । रणवीरले दीपिकालाई पहिलो पटक कसरी र कहाँ भेटेको बताए ।
रणवीरको यो कथा उसले कफी विथ करणको पुरानो एपिसोडमा सुनाएको भिडियोसँग मेल खान्छ । फरक यति मात्र हो कि अनुष्कासँगको पहिलो भेटको सन्दर्भमा उनले त्यही कथा सुनाएका थिए ।
रणवीर सन् २०११ मा अभिनेत्री अनुष्का शर्मासँग कफी विथ करणको सेटमा पुगेका थिए ।

रणवीर सन् २०११ मा अनुष्का शर्मासँग यस च्याट शोमा देखा परेका थिए, जब उनले अनुष्काको यस्तै प्रशंसा गरेका थिए । रणवीरले भनेका थिए, ‘मैले ‘रब ने बना दी जोडी’ हेरेको थिएँ र अनुष्काको पागल भएँ । यसपछि म डिनरको लागि बाहिर गएँ र अनुष्काको बारेमा मात्रै कुरा गरिरहेको थिएँ‘ त्यसपछि ढोका खुल्यो‘ हावाको झोक्का आयो र अनुष्का शर्मा मेरो अगाडि उभिएकी थिइन् ।’

अहिले पनि करणको शोमा रणवीरले दीपिकाको तारिफ गर्दै भने, ‘त्यतिबेला दीपिकाको ‘ककटेल’ रिलिज भएको थियो र त्यो फिल्म हेरेपछि म उनीप्रति पागल भएँ । एक दिन म सञ्जय लीला भन्सालीको घरमा बसिरहेको थिएँ । कुन हिरोइनलाई कास्ट गर्ने भनेर हामी छलफल गरिरहेका थियौं र अचानक उनको घरको ढोका खुल्यो । बाहिरबाट हावाको झोका आयो र दीपिका एउटा ठूलो ढोकाबाट भित्र पसिन् । दीपिकाले सेतो चिकनकारी कुर्ता लगाएकी थिइन् र उनी सादगीको प्रतिक देखिएकी थिइन् ।’

यो भिडियो भाइरल भएपछि मानिसहरुले रणवीरलाई तिब्र रुपमा ट्रोल गरिरहेका छन् । उनले आफ्नो पुरानो प्रेमकथा दोहो¥याएर सुनाएको आरोप लगाइरहेका छन् । एक प्रयोगकर्ताले लेखे, ’इन्टरनेट, अनुष्का, दीपिका वा त्यो हावामा केही पनि छुटेको छैन।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ’रणवीरले आफ्नो लेडीज वर्सेस रिकी बहलको क्यारेक्टर खेलिरहेका छन्।

रणवीर र दीपिकाको भेट सञ्जय लीला भन्सालीको फिल्म ‘राम–लीला’ को सेटमा भएको थियो । दुवैले २०१८ मा विवाह गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);