भारती मानन्धरको पुनः रिले अनसन शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भारती मानन्धरको पुनः रिले अनसन शुरु

काठमाण्डौ, १२ कार्तिक भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गर्नुभएको छ ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गर्नुभएको हो ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।

भारतीले आज माइतीघर मण्डलामा पुनः रिले अनसन शुरु गर्नुभएको हो । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । ००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);