गाजामा मानवीय युद्धविरामको आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघद्वारा पारित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

गाजामा मानवीय युद्धविरामको आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघद्वारा पारित

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्र संघको महासभाले गाजामा मानवीय युद्धविरामको लागि आह्वान गर्ने प्रश्ताव पारित गरेको छ ।

प्रश्तावले तत्काल मानवीय युद्धविरामको लागि आह्वान गरेको छ । नागरिकको संरक्षण, कर्मचारी र सुविधाहरूको सुरक्षा, र गैरकानूनी रूपमा बन्दी बनाइएका सबै नागरिकहरूको तत्काल बिना शर्त रिहाई गर्नेकुरा समावेश छ । प्रश्तावको पक्षमा १२० मत, विपक्षमा १४ मत र ४५ देश अनुपस्थित भएका थियो ।

 

मस्यौदा प्रश्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अस्ट्रिया, क्रोएसिया, चेक गणतन्त्र, फिजी, ग्वाटेमाला, हंगेरी, इजरायल, मार्शल टापु, माइक्रोनेसिया, नाउरु, पपुवान्युगिनी, पाराग्वे, टोंगा र संयुक्त राज्य अमेरिका छन् । गाजापट्टीमा लडाइँ तिब्र बन्दै गएपछि यो प्रश्ताव आएको हो । गाजामा प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्ध शुरु भएदेखि ७ हजार ३२६ प्यालेस्टाइनी मारिएका छन् । १४ सय भन्दा बढी इजरायलीहरू मारिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);