काठमाडौं,६ कात्तिक । अफगानिस्तानको हेरात प्रान्तमा विनाशकारी भूकम्पबाट बिस्थापितहरुले अमेरिकाले अफगानिस्तानको सम्पती रोकेकाले भूकम्पपछिको पुनःनिर्माणमा असर परेको बताएका छन् ।
बिस्थापित एक बासिन्दा मोहम्मदले अहिले आफूहरु ६ जना परिवारको साथमा खुला मैदानमा बास बस्नु परिरहेको बताउनु भयो ।
भूकम्प सकिएपनि जीवनकोे आशा गुमेको अर्का एक बासिन्दाको भनाइ छ । आफ्नो जीवनलाई निरन्तरता दिन सक्ने की नसक्ने भन्ने डर रहेको बताउनु भयो ।
हेरात प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इलियासले अमेरिकाले अफगानिस्तानको सम्पती रोकेकाले पीडितको उद्धार गर्न असहज भइरहेको बताउनु भयो । प्रतिवन्धले शतप्रतिशत नकारात्मक असर परेको बताउनु भयो ।
उहाँले अफगानिस्तान हालको दशमा भूकम्पबाट प्रभावित भएको बताउनु भयो ।