मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त

शिखा श्रेष्ठ,२५ बैशाख धादिङ ।
सबै मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने प्रमुख निर्वाचन आयुक्ता आयोधी प्रसाद यादवले बताउनुभएको छ । दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचनबारे धादिङ जिल्लामा क्रियाशिल राजनितिक दलहरुसंगको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा उहाँले मतदाताहरुलाई कुनै दलले पनि धम्की दिने

मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्छः प्रमुख निर्वाचन आयुक्त

शिखा श्रेष्ठ,२५ बैशाख धादिङ ।

सबै मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउनुपर्ने प्रमुख निर्वाचन आयुक्ता आयोधी प्रसाद यादवले बताउनुभएको छ । दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचनबारे धादिङ जिल्लामा क्रियाशिल राजनितिक दलहरुसंगको निर्वाचन सम्बन्धि छलफल कार्यक्रममा उहाँले मतदाताहरुलाई कुनै दलले पनि धम्की दिने तथा मतदानमा अवरोध सिर्जना गर्न नपाउने बताउनुभयो । निर्वाचनमा हुन सक्ने सम्भावित घटनाहरुको मध्यनजर गर्दै दलिय आधारमा निर्वाचन हुन लागेको भन्दै उहाँले निर्वाचन आयोगले जारी गरेको निर्देशिकाको आधारमा सबै दलले आ–आफ्नो उम्मेद्धारहरु तथा कार्यकर्ताहरुलाई अनुशाशित बनाई प्रचारप्रसारमा आचारसंहिता विपरित कुनै क्रियाकलाप नगर्न आग्रह गर्नुभयो ।

 

निर्वाचन आयोगले साधन, स्रोतको व्यवस्था गरिदिने बताउदै सबैको समान अवसरमा प्रचार प्रसार गराई निर्वाचन शान्ति पूर्ण ढङ्गले सम्पन्न गर्ने दायित्व राजनितिक दलकै भएको उल्लेख गर्नुभयो ।उहाले सबै मतदान केन्द्रबाट २७ देखी ३० गतेसम्म मतदाता परिचय पत्र प्रदान गर्ने जानकारी समेत दिनुभयो ।

 

विषेश अवस्थाका मतदाताहरु, गर्भवती महिला, अपाङ्गता भइको, दृष्ट्रिविहिन, वृद्धवृद्धा जस्ता अशक्त भएको मतदाताहरुलाई अग्राधिकारको व्यवस्था भएको पनि जानकारी दिनुभयो । उहाँले पालिकाको निर्वाचन अधिकृतको कार्यलयमा नै मतगणना हुने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ईतिहासको लामो समयपछि हुन लागेको स्थानिय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नको लागि सबैलाई सहयोग गर्न आव्हान गर्नुभयो ।

Leave a Reply