बडादशैँको आठौँ दिन आज,महाअष्टमी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

बडादशैँको आठौँ दिन आज,महाअष्टमी मनाइँदै

काठमाडौं, ५ कात्तिक । बडादशैँको आठौँ दिन आज महागौरी देविको पूजा आराधना गरी मनाइदै छ । महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो । अष्टमीका दिन दशैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशति पाठ गर्ने परम्परा रहेको छ ।

काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायतका मन्दिरहरूमा बलि चढाउने र पूजा आराधना गर्नेहरूको घुइँचो लाग्ने गरेको छ । यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेलधुराको उग्रतारा लगायतका मन्दिरहरूमा शक्तिरूपा महागौरी देविको पूजाअर्चना गर्ने प्रचलन छ ।

अष्टमीमा दशैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित राखी दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

पशुबली नचढाउनेहरूले जमरा कोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा अष्टमीको मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);