महेश श्रेष्ठलाई समर्थन गर्दै रबिना थापाले लिइन् उम्मेदवारी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

महेश श्रेष्ठलाई समर्थन गर्दै रबिना थापाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौँ,२ कात्तिक । गैर आवासीय नेपाली संघको २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रबीना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन्।

बुधबार बेलुकी एक प्रेस वक्तव्य जारी गर्दै श्रीमती थापाले संघलाई एकताबद्ध गर्न आफुले त्यस्तो निर्णय गरेको जनाइन्। उनले भनिन् ”अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफु निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडी सार्नु भएकोले म त्यसको स्वागत र समर्थन गर्दछु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु,” उनले वक्तव्यमा भनेकी छन् । “साथै, अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरुलाई मतदान गरी विजयी बनाउनु हुन पनि सम्पूर्ण डेलिगेट्स मित्रहरुलाई आग्रह गर्दछु। ”

२०२१–२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दिने जनाएकी थिइन्। तर महेश कुमार श्रेष्ठ र उनको टिमसंग सघन वार्ता पछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन्।

Leave a Reply