दशैंको मुखमा ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

दशैंको मुखमा ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ कात्तिक । बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन प्रतितोला १३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मुल्य पनि बुधबारको तुलनामा ३५ रुपैयाँले बढेको छ ।

महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ भने तेजावी सुनको मुल्य १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज सेतो धातु चाँदीको प्रतितोला मुल्य १४ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन १ लाख ११ हजार ९ सय, तेजावी १ लाख ११ हजार ३५० रुपैयाँमा खरिद विक्रि भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);