काठमाडौं, १ कात्तिक । इजरायल र हमासबीचको युद्धमा सबैभन्दा ठूलो हमलाको खबर मंगलबार राति आएको हो ।
गाजा सहरको अहली अरब सिटी अस्पतालमा भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको बताइएको छ । हमासले आक्रमण इजरायलले गरेको दाबी गरेको छ । यसैबीच इजरायलले अस्पतालमा भएको आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।
इजरायलले एउटा भिडियो जारी गर्दै प्यालेस्टिनी लडाकुहरूले अस्पताल नजिकै आक्रमण गरिरहेको भन्दै उनीहरूको एउटा रकेट आफ्नो दिशाबाट हटेर अस्पतालमा खसेको बताएको छ।
हमासको दावीमा इजरायली प्रधानमन्त्री नेतन्याहुले लेखेका छन् हाम्रा बालबालिकाको निर्ममतापूर्वक हत्या गर्नेहरू आफ्नै सन्तानको हत्यारा हुन् ।
इजरायली आक्रमणमा आफ्ना प्रियजन गुमाएपछि गाजाकी एउटी महिला रुँदै।