कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

कुल आचार्यले लिए पहिलो गैरआवासीय नागरिकता

काठमाडौं,३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका छन् । दाहालले आचार्यसँगै पदाधिकारीलाई पनि गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी नागरिकता जारी गरेको थियो ।

नागरिकता प्राप्त गरेपछि उनीहरुले ईश्वर,देश र जनताको नाममा शपथ लिनुपर्ने हुन्छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले नेपाल नागरिकता नियमावली तेस्रो संशोधनमा शपथको व्यवस्था गरेको हो भने गत जेठ १७ गते नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);